सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानै मूल्यमा चामल बेच्न सरकारको निर्देशन, बढी मूल्य लिए कारबाही हुने


  •    न्युजभित्तो/१७ श्रावण २०८०, बुधबार १२:०९ 
  • काठमाडौं,१७ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

    व्यापारीहरूले चामलको मूल्य बढाएको पाइए सरकारले कारबाही गर्ने भएको छ । विभागले साउन १५ मा उद्योग वाणिज्य महासंघका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो ।

    भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ ।

    भारतले अघिल्लो गत हप्ता बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारतको घोषणा लगत्तै नेपाली व्यापारीहरूले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले बढाएका छन् ।

    चामलको मूल्य वृद्धि भएको गुनासो आउन थालेपछि विभागले सबै चामल व्यापारीहरूलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.