सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पूर्वानुमान महाशाखाले ६ वटा नदीको जल सतह उल्लेख्य बढ्ने


  •    न्युजभित्तो/१२ श्रावण २०८०, शुक्रबार ११:३९ 
  • काठमाडौँ,१२ साउन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ६ वटा नदीको जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाले नियमित बुलेटिनमार्फत् कोशी जलाधार क्षेत्रअन्तर्गतको तामाकोशी नदीको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।

    यस्तै, नारायणी जलाधार क्षेत्रअन्तर्गत बूढीगण्डकी नदीको पनि जल सतह बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। सोही जलाधार क्षेत्रभित्र पर्ने मर्स्याङ्दी नदीको पनि जल सतह बढ्ने प्रक्षेपण गरिएको छ।

    कमला, बागमती, पूर्वी राप्ती नदीको पनि जल सतह बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।

    यसैगरी, झापा, इलाम, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, बागलुङ, पर्वत, पाल्पा, नवलपरासी, रूपन्देही, कपिलवस्तु आसपास भई बग्ने नदीमा पनि जलसतह बढ्ने भएकाले महाशाखाले सतर्क रहन सचेत गराएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.