सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुपतिको जलहरीमा कसैको नाम कुँदिएको छैन : पशुपति विकास कोष


  •    न्युजभित्तो/१४ असार २०८०, बिहीबार १६:२२ 
  • काठमाडौं,१४ असार। पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ ।

    अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो ।

    जलहरीको नापतौल भइरहँदा अर्को नयाँ विषय चर्चामा आयो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । कुँदिएका नामहरु मेटाएरमात्रै पुनःस्थापना गर्नुपर्ने माग धेरैले गरेका छन् ।

    पशुपति विकास कोष र अख्तियार दुवै निकायले जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम कुँदिएको अस्वीकार गरेका छन् ।

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताए । उनले भने, ‘जलहरीमा कसैको पनि नाम कुँदिएको छैन । नकुदिएकाले मेटाउने भन्ने प्रश्न नै आउँदैन ।’

    उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे । अख्तियार स्रोतले पनि जलहरीमा कसैको नाम नभएको बतायो । यसबारे सबै प्रक्रिया सकिएपछि औपचारिक वक्तव्यमार्फत जानकारी गराउने स्रोतको भनाइ छ ।

    ‘जलहरी प्रतिस्थापन गर्ने क्रममा भित्तामा टाँसिएको प्लेटमा लेखिएको नामलाई लिएर नै गलत प्रचार गरिएको हुन सक्छ’, स्रोतले भन्यो । २०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपति मन्दिरमा सुनको जलहरी राखिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.