सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

४० विघा खेतमा रोपाईं गरेर विप्लवले असार १५ गते धान दिवसको उद्घाटन गर्ने


  •    न्युजभित्तो/१४ असार २०८०, बिहीबार १२:१६ 
  • काठमाडौं,१४ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशैभरका विभिन्न जिल्लामा ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप धान रोपेर धान दिवसको उद्घाटन गर्ने भएको छ । देशैभरका ४० विघा खेतमा रोपाईं गरेर विप्लवले असार १५ गते (भोलि) धान दिवसको उद्घाटन गर्ने भएको हो ।

    सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत महासचिव विप्लवले पार्टी केन्द्रसहित ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान लगाउने दाबी गरे । ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको विप्लवले बताए ।

    ‘आत्मनिर्भर पार्टी र आत्मनिभर उत्पादन अघि सारेका छौं । यसको चर्चा र विश्लेषण व्यापक छ । यसलाई प्रयोगमा लैजाँदा अत्यन्तै विश्वास र समर्थन पाएका छौं’ विप्लवले भने, ‘असार १० गतेदेखि असार ३० गतेसम्म वर्षे बाली उत्पादन गर्न महासचिवदेखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा लाग्ने छौं ।’ असार १५ गते पार्टीका केन्द्रीय नेताहरु सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानमा ४० विघाभन्दा उत्पादन गर्न लागेको विप्लवले बताए । आफुहरुको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको विप्लवले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.