सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीका क्रममा एजेन्टबाट ठगिने धेरै


  •    न्युजभित्तो/१३ असार २०८०, बुधबार १५:४८ 
  • काठमाडौं,१३ असार। वैदेशिक रोजगारीका सिलसिलामा दलाल ९एजेन्ट०मार्फत् धेरै युवाहरू ठगिने एक तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आइरहेको पिपुल फोरमको एक तथ्यांकले यस्तो देखाएको हो।

    फोरमको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ९हालसम्म० वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यामा परेका दुई हजार आठ सय ८२ जनाले उक्त संस्थाबाट निःशुल्क कानुनी सहायता लिएका थिए। यस्तो सहायता लिने दुई हजार पाँच सय २१ पुरूष र ३६१ महिला छन्।उनीहरूमध्ये सबैभन्दा धेरै एजेन्टमार्फत् समस्यामा परेको देखिएको छ। तथ्यांकअनुसार कानुनी सहायता लिएकामध्ये एक हजार चार सय ८२ जना एजेन्टमार्फत् ठगिएका छन्। त्यस्तै एक हजार चार सय म्यानपावर कम्पनी मार्फत् ठगिएका छन्। यो तथ्यांक हेर्दा व्यक्तिगत ठगीमा पर्ने ५४।४२ प्रतिशत छन्। ४८।५८ प्रतिशत म्यानपावर मार्फत् ठगिएका छन्।

    रोजगारीको प्रलोभन देखाएर विदेश पुर्‍याएर अलपत्र पार्ने, पासपोर्ट जफत, काम तथा पारिश्रामिक नदिएका, वैदेशिक रोजगारीमा पुर्‍याउने बहानामा ठगी गरेका घटनाहरू धेरै भएको अधिवक्ता सुदीप देवकोटाले जानकारी दिए।

    उनका अनुसार पछिल्लो समय गन्तव्य मुलुकमा पुगेर मेडिकल अनफिट भएर फर्कनेहरू पनि धेरै देखिएका छन्। त्यस्तै वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन तथा ओसारपसारका घटना पनि बढेको उनले बताए।

    फोरमको अघिल्लो वर्षको तथ्यांकले भने म्यानपावर कम्पनीमार्फत् ठगिने धेरै देखाएको थियो। गत आर्थिक वर्षको असार मसान्तसम्म दुई हजार आठ सय ५४ जना वैदेशिक रोजगारका ठगी पीडितहरूले निःशुल्क कानुनी सहायता लिएका थिए।
    कानुनी सहायता लिएकामध्ये एक हजार तीन सय ७६ एजेन्टमार्फत ठगिएका थिए। म्यानपावरमार्फत् एक हजार चार सय ७८ जना ठगिएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.