प्रहरी तलव नपाएर रोइरहेको छ, सरकारले मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको छः सीके राउत
न्युजभित्तो/२६ बैशाख २०८०, मंगलवार १६:३८
काठमाण्डौं, २६ वैशाख । जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा। राउतले यस्तो बताएका हुन् । उनले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए ।
उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए । उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए ।
उनले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताए ।
‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं’, उनले भने, ‘नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं ।’