सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिडपछि पुरानो अवस्थामा फर्कनसकेन छापा पत्रकारिता


  •    न्युजभित्तो/२० बैशाख २०८०, बुधबार १६:४६ 
  • काठमाडौं,२० वैशाख। कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर ग¥यो । अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उहाँको तर्क छ ।

    कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा उक्त सञ्जालले अध्ययन गरेको थियो । कोरोनाकै कारण सहजरूपमा पत्रिका छापिएर वितरण हुन नसकेकाले सामाजिक सञ्जालमा समाचारका सामग्री आउने क्रम पनि बढ्यो । कोरोनापछि केही अनलाइनले राज्यको नियमनमै रहेर पनि पत्रकारिता गरिरहेका छन् ।

    कोरोनाका बेला पत्रिका छापिएर वितरण हुन नसक्दा पत्रकार एवं कामदारले समयमा तलब पाउन सकेनन् । कोरोनापछि अर्थ व्यवस्था पनि बिग्रिएकाले पत्रिकाले विज्ञापन पाउन सकेनन् । राज्यले पनि तुलनात्मकरूपमा बढी जिम्मेवार भएर पत्रकारिता गरिरहेको छापामाध्यमलाई पुरानो अवस्थामा फर्काउन काम गरेको अनुभूति नभएको अध्यक्ष त्रिपाठी बताउनुहुन्छ ।

    पत्रकारिताले राजनीतिक क्षेत्रका प्रश्न पनि उठाउने भएकाले राज्यका तर्फबाट त्यस्तो प्रयास हुन नसकेको उहाँको भनाइ छ । “पत्रकारिताको विश्वसनीयता घट्दा राजनीति गर्ने र भ्रष्टचार गर्नेलाई तुलनात्मकरूपमा सजिलो हुने भएकाले यस्तो भएको हो, पत्रकारिताको विश्वसनीयता रहिरह्यो भने सुशासन र राजनीतिक स्थिरता कायम हुनसक्छ”–पत्रकार त्रिपाठी भन्नुहुन्छ ।

    कोरोनाले साना छापा माध्यमलाई त अझ बढी असर पारेको छ । लोकतान्त्रिक छापा माध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी थोरै लगानीका छापा माध्यमको अवस्था कोरोनापछि झनै खराब बन्न पुगेकाले कोरोनापछि तिनको पेज र सङ्ख्या दुवै घटेको बताउनुहुन्छ ।

    केही छापा कोरोनापछि अनलाइन संस्करणमा गए पनि केही भने बन्द र केही घिटीघिटीको अवस्थामा रहेका छन् । कोरोनापछि छापामाध्यममा ५५ प्रतिशतसम्मले गिरावट आएको उहाँकोे भनाइ छ । पहिले पत्रिकामै आउने समाचार कोरोनापछि अनलाइनमा आउन थालेका छन् ।
    कोरोनापछि पत्रिका र त्यसमा काम गर्ने पत्रकारको अवस्था दयनीय बन्न पुगेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताउनुहुन्छ । आर्थिक सङ्कटका कारण सञ्चार गृहले समयमै तलब दिन सकेनन् । तलब नपाएपछि पत्रकार पनि अन्यत्रै लाग्न थाले । विसं २०७६ चैत ११ गतेदेखि कोरोना महामारीकै कारण देशभर बन्दाबन्दी ९लकडाउन० गरियो । पत्रकारितालालाई अत्यावश्यक पेशाका रुपमा सञ्चालन हुन दिने भनिए पनि व्यावहारिकरूपमा त्यति सहज थिएन । विसं२०७६ फागुन २२ गतेदेखि नै काउन्सिलले पत्रकारलाई संयमित भएर काममा लाग्न आह्वान गरेको थियो ।

    नेपाल पत्रकार महासङ्घसँगको सहमतिमा काउन्सिलले बन्दाबन्दीको अघिल्लो दिन अर्थात् २०७६ चैत १० गते कोरोनासम्बन्धी विशेष निर्देशिका जारी गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.