काठमाडौं,२० वैशाख। काठमाडौं महानगरपालिकाले नगर प्रहरी माग गरेको छ। महानगरले एक सय जना नगर प्रहरी जवान माग गरेको हो। महानगरले गत चैत १७ मा गृह मन्त्रालयमार्फत प्राप्त वैकल्पिक सूचीमा रहेकाहरूलाई पनि नगर प्रहरी बनाउन सकिने बताएको छ।
खुलातर्फ नेपाल प्रहरीका तर्फबाट २४ जवान र सशस्त्र प्रहरी तर्फबाट १४ जवान राखिनेछ। प्राप्त सूचीको योग्यता क्रमका आधारमा करार नियुक्ति दिइने महानगरले जनाएको छ।
साथै महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेशी १ जना, दलित ३ जना, अल्पसंख्यक १ जना राखिने महानगरले जनाएको छ।