सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्राश्चित गरेर बस्नुपर्ने हो : योगेश भट्टराई


  •    न्युजभित्तो/३ बैशाख २०८०, आईतवार १०:३२ 
  • चितवन, ३ वैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध भएको बताउनु भएको हो ।

    भट्टराईले भन्नुभयो “एउटा सभ्य समाजमा मानिसले गल्ती गर्न सक्छ । त्यो गल्तीप्रति माफी पनि हुन्छ । तर सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो ।” रविलामिछानेले गल्ती गरेको नभई ढाँटेको बताउँदै उहाँले अगाडि भन्नुभयो “समाज र राज्यलाई ढाँटेको हो । सिंगो मुलुकलाई ढाँटेको हो । संविधान, कानुन यी सबै कुरालाई ढाँट्नु भएको हो । त्यसकारण उहाँले पाँच वर्ष ढाँटेकोप्रतिको प्राश्चित गरेर बस्नुपर्ने हो । फेरी ढाँट्ने कोशिश गर्दै हुनुहुन्छ ।”

    हामीले कस्तो राजनीतिकर्मी अघि बढाउने हो बहस हुनुपर्ने भन्दै उहाँले थप्नुभयो “म चाहन्छु, चितवन क्षेत्र नं. २ का जनताले पक्कै पनि यो बहस गरेर नयाँ निर्णय गर्नुहुन्छ ।”

    रवि लामिछानेको केश पहिले नै उठेको भन्दै उहाँले भन्नुभयो “जुन कुरा उहाँले कानुनसम्मत आफूलाई ठिकठाउँमा राख्नुपर्ने हो राख्न सक्नु भएन । त्यसलाई उहाँले अनदेखा गर्नुभयो ।” लाठीमुङ्ग्री गरेर भिड जम्मा गरेपछि कानुन जेसुकै होस् ति सबै आफ्नो नियन्त्रणमा आउँछन् भन्ने उहाँले ठान्नु भएको भन्दै भट्टराईले भन्नुभयो “कानुनी र विधिको शासनको उहाँले पालना गर्नुभएन । त्यसलाई उहाँले धज्जी उडाउनुभयो । त्यसको कारणले आज यहाँ उपनिर्वाचन हुन गईरहेको छ । मतदाताको केही दोष छैन ।”

    चितवन क्षेत्र नं. २ ले जसलाई जितायो त्यो छोटो समयमै परीक्षण भईसकेको उहाँको भनाई छ । सचिव भट्टराईले भन्नुभयो “रवि लामिछाने अब कुनै भर्जिन उम्मेदवार होइन । उहाँको भर्जिनिटी समाप्त भईसक्यो । अर्गानिक उम्मेदवार होइन ।”

    रवि लामिछानेले गृहमन्त्री बन्ने अवसर पाएको भन्दै उहाँले “त्यो छोटो एक डेढ महिनामा उहाँले गरेका निर्णयले उहाँले हामीमाथि उठाएको सुशासनको प्रश्नले धज्जी उड्यो । एमाले लगायत ठूला दलका बारेमा सुशासनको कुरा उठाउनुभयो । उहाँका सुशासनका नारा बेकार हुन् ।” यी सबै जनतालाई भ्रममा पार्ने कुरा भएको भन्दै उहाँले भन्नुभयो “सार्वजनिक खरिद ऐन विपरित कसरी ठेक्कापट्टा गर्नुभयो ? मन्त्री छोड्नु अघिल्लो दिन हतार हतार फाईलहरु किन स्वीकृत भए ? यी प्रश्न यथार्थ हुन् ।”

    कतिपय आउने जानेलाई जवाफदेहिता र उत्तरदायित्व बोक्नु नपर्ने भन्दै उहाँले यसरी आउने जानेले जे पनि बोल्ने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “छाडा सवाल जवाफमा हामी प्रतिस्पर्धा गर्दैनौं । रविका कतिपय सवाल एमालेले निरुपण गर्ने कुरा होइन, न्यायपालिका र राज्यका निकायले निरुपण गर्ने कुरा हुन् ।”

    चितवन क्षेत्र नं. २ मा विगतको परिणाम दोहोरियो भने पुनः उपनिर्वाचन हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “चितवन क्षेत्र नं. २ मा पुनः उपनिर्वाचन हुने स्थिति नआओस् ।” के आधार अहिले उपनिर्वाचन हुँदैछ, त्यही आधारमा पुनः निर्वाचन हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “उपनिर्वाचन किन भयो आज पनि त्यो आधार जीवितै छ ।” नेपालको संविधान र कानुनले प्रतिनिधि सभाको सदस्य हुन जुन योग्यता तोकेको छ त्यो योग्यताका कारणले पुरानो नतिजा दोहोरियो भने उपनिर्वाचन हुने कुरा लगभग सुनिश्चित भएको सचिव भट्टराईको भनाई छ ।

    नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई चितवन क्षेत्र नं. २ को उम्मेदवार बनाएको भन्दै उहाँले न्यौपाने जवाफदेहि र उत्तरदायी बन्ने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “उहाँ एमालेको उम्मेदवार हो, उहाँमा जवाफदेहिता र उत्तरदायित्व हुन्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.