सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डढेलोका कारण काठमाडौँ सहित देशका विभिन्न भू-भागमा वायु प्रदूषणको उच्च जोखिम


  •    न्युजभित्तो/३० चैत्र २०७९, बिहीबार १४:३९ 
  • काठमाडौँ,३० चैत। डढेलोका कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा वायु प्रदूषण उच्च छ । उपत्यका आसपासका क्षेत्र र तराईका जिल्लामा डढेलोका घटना बढ्दा प्रदूषण बढेको मौसमविद् वरुण पौडेलले बताए। उनका अनुसार अन्य क्षेत्रमा भन्दा काठमाडौँ उपत्यकामा प्रदूषण धेरै छ ।

    उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा मौसम खुल्न सकेको छैन । दिउँसोको समयमा केहीबेर हावा चले पनि डाँडाकाँडाका कारण प्रदूषण हट्न सकेको छैन । अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौँको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर छ ।

    वायुको गुणस्तरको मात्रा एयर क्वालिटी इन्डेक्सका अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिम तह नाघेको छ । शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ । तर, बुटवलको २९२, पाटनको २३२, भक्तपुरको २२२, कीर्तिपुरको १९१, मध्यपुर थिमिको १८७, रत्नपार्कको १८६ र हेटौँडाको १७४ छ ।

    मौसमविद्ले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.