सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली क्रिकेट टीमलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड पुगे क्रिकेट मैदान


  •    न्युजभित्तो/२ चैत्र २०७९, बिहीबार ११:५९ 
  • काठमाडौँ, २ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली क्रिकेट टीमलाई हौसला दिन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेलमा नेपाली खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । साथै उनले नेपाल र युएईबीचको खेल पनि अवलोकन गरेका छन् ।

    विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् । पूर्वप्रधानमन्त्री समेत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई विश्वकपमा प्रवेशका लागि सफलताको शुभकामना दिएका छन् ।

    आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच खेल जारी रहेको छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।

    आजको खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । यसअघि नेपालले शीर्ष चारमा पक्का गरिसकेको छ । लिग-२ मा नेपल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथाे स्थानमा छ ।

    युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ । नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.