सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कसैको इच्छा विपरित होली नखेल्न काठमाडौं जिल्ला प्रशासनको आग्रह


  •    न्युजभित्तो/१९ फाल्गुन २०७९, शुक्रबार १०:४६ 
  • काठमाडौं,१९ फाल्गुन। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै होली खेल्दा व्यक्तिको निजी जीवनमा असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्ने आग्रह गरेको हो ।

    काठमाडौं जिल्ला प्रशासनले होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने समेत आग्रह गरेको छ ।

    यदि कानुन विपरितका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ । आगामी फागुन २२ गते पहाडी भेगमा र फागुन २३ गते तराईका जिल्लामा फागु पूर्णिमा वा होलीपर्व मनाइँदै छ ।

    यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचना

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचना

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.