सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा चैत १२ देखि


  •    न्युजभित्तो/२४ माघ २०७९, मंगलवार ११:३५ 
  • काठमाडौं,२४ माघ ।  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा चैत १२ गतेदेखि सुरु हुने भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु स्ववियु निर्वाचनपछि २०७९ चैत १२ गतेदेखि हुने भएको हो।

    चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।

    यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । स्ववियु निर्वाचन भाग लिन नदिनका लागि हतारमा परीक्षा सन्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा पाँच वटा ब्याच छन् । स्ववियु निर्वाचनमा चार वटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए ।

    संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।

    त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २र२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.