सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

५० हजार वर्षपछि पृथ्वी नजिक हरियो पुच्छ्रेतारा, दूरबिनबाट हेर्न सकिने


  •    न्युजभित्तो/१९ माघ २०७९, बिहीबार १३:१९ 
  • काठमाडौँ,१९ माघ । ५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । हरियो पुच्छ्रेतारालाई यो हप्ताभरी नेपालबाट पनि दूरबिनको सहायताले देख्न सकिने खगोलविद्ले बताएका छन् । तर, सहरी क्षेत्रबाट भने देखिने सम्भावना कम छ । यो पुच्छ्रेतारा हेर्नका लागि अग्लो ठाउँमा जानुपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

    प्रकाश र प्रदूषण बढी हुने सहरी क्षेत्रबाट देखिने सम्भावना कम भएको उहाँले बताउनुभयो । ‘काठमाण्डौलगायतका सहरमा यो ताराको चमकभन्दा बढी प्रकाश र प्रदूषण छ’, उहाँले भन्नुभयो– ‘त्यसैले डाँडाकाँडाबाट मात्रै यसलाई देखिने सम्भावना छ ।’ यसअघि नाङ्गो आँखाले पनि यो तारा देख्न सकिने अनुमान गरिए पनि त्यो सम्भावना कम हुँदै गएको भट्टराईले बताउनुभयो । खगोलशास्त्री भट्टराईका अनुसार मध्यरातमा दूरबिनको प्रयोग गरेर पनि पुच्छ्रेतारा हेर्न सकिन्छ ।

    अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा गएको वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो । त्यतिबेला यो पिण्ड वृहस्पति ग्रहको कक्षभित्र थियो । वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा बरफ, धुलो र चट्टान मिलेर बनेको हुन्छ । उत्तरी गोलार्द्धमा दूरबिनबाट हेर्दा यो पिण्डलाई सानो हरियो बत्तीजस्तो देख्न सकिन्छ ।

    पुच्छ्रेताराहरू अनुमान गर्न नसकिने खालका हुने नासाले जनाएको छ । यसअघि जनवरी १२ तारिखमा यो पुच्छ्रेतारा सूर्यनजिकै पुगेको थियो । कुनै एउटा पिण्ड चिसो वायुमण्डलमा विकास हुने र आफ्नो गतिमा चल्दै सौर्यमण्डल पुग्दा सूर्यको गुरुत्वाकर्षणले आफूतर्फ तान्ने भएकाले त्यो अन्तरक्रियाको क्रममा एउटा चित्ताकर्षक खगोलीय वस्तु बन्ने र त्यो वस्तु नै पुच्छ्रेतारा भएको वैज्ञानिकहरुको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.