सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


  •    न्युजभित्तो/१६ माघ २०७९, सोमबार १६:४८ 
  • काठमाडौँ,१६ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

    त्यस्तै दुई सय चार कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर रू तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको रू १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भयो । रिडी पावर कम्पनी रू १० करोड ४८ लाख ९२ हजार आठ सय सात, पिपुल्स पावर कम्पनी रू नौ करोड ५६ लाख २९ हजार छ सय ९७, माथिल्लो तामाकोसी रू नौ करोड ३५ लाख ९२ हजार आठ सय ८८ र अपि पावर कम्पनी रू सात करोड ७७ लाख ९३ हजार नौ सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर छ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स पाँच दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।

    त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर सात दशमलव १४, श्वेतगङ्गा हाइड्रोपावर छ दशमलव ७१, सगरमाथा इन्स्योरेन्स छ दशमलव ४४, सयपत्री हाइड्रोपावर पाँच दशमलव ८० र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ७४ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.