सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलमासले धकेलिए चाडपर्व, आगामी वर्ष कात्तिकमा दशैँ, असोजमा तीज


  •    न्युजभित्तो/१६ माघ २०७९, सोमबार १०:५७ 
  • काठमाडौं,१६ माघ । २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन्। कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ। ‘यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ।’

    समितिबाट स्वीकृति पाई प्रकाशित पात्रोका अनुसार मलमासअघिका चाडपर्व भने अगाडि आएका छन्। जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ। अक्षय तृतीया पर्व वैशाख १० गते छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख २२ गते परेको छ। चण्डीपूर्णिमा र उधौली पर्व पनि यही दिन मनाइन्छ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी असार १४ गते परेको छ। यो दिन तुलसीरोपण गरिन्छ। गुरुपूर्णिमा असार १८ गते छ। गुरुपूर्णिमाको एक महिनामा पर्नुपर्ने जनैपूर्णिमा वा रक्षाबन्धन अधिक मासका कारण भदौ १४ गते परेको छ। तिथिको घटबढका कारण नेवार समुदायले गाईजात्रा पर्व पनि त्यही दिन मनाउनेछ। ५ घटी १८ पला पूर्णिमापछि त्यसै दिन प्रतिपदा लाग्ने भएकाले दुवै पर्व एकैदिन परेको पञ्चांगमा उल्लेख छ।

    नागपञ्चमी भने भदौ ४ गते परेको छ। यस्तै श्रीकृष्णजन्माष्टमी पर्व भदौ २० गते मनाइने छ। कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ।
    तीजपर्व असोजको १ मा पुगेको छ। गणेशचतुर्थी र ऋषिपञ्चमी असोज २ गते नै मनाइने पञ्चांगमा उल्लेख छ। त्यो दिन १२ घटी २५ पलासम्म चतुर्थी र त्यसपछि पञ्चमी लाग्ने बताइएको छ। सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहनेछ।

    तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ। त्यसै दिन बिहान कुकुरपूजा गरिनेछ। भोलिपल्ट २७ गते औँसीका दिन गाईपूजा गर्न निर्देश छ। सोमबार परेको औँसी भएकाले सोमबारे औँसी पनि मनाइनेछ। कात्तिक २८ गते गोवर्धन पूजा गरिनेछ। यसै दिन नेपाल संवत् ११४५ शुरु हुनेछ। नेवार समुदायले यो दिन म्हपूजा गर्नेछ। कात्तिक २९ गते भाइटीका परेको छ।

    छठपर्व मंसिर ३ गते परेको छ। ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी मंसिर ७ गते परेको छ। चतुर्मास पूरा हुने पूर्णिमा मंसिर ११ गते छ। पितृको सम्झनामा पशुपतिनाथमा शतबीज छर्ने दिन र्थात् बालाचतुर्दशी मंसिर २५ गते परेको छ।

    जनकपुरको विशेष दिन विवाहपञ्चमी पुसको १ गते परेको छ। मंसिरे पूर्णिाम अर्थात् धान्य पूर्णिमा पुस १० गते छ। यो दिन नेवार समुदायको योमरी पुन्हि पर्छ भने किरात समुदायले उभौली पर्व मनाउँछ। तीर्थस्थलमा श्राद्ध गर्ने ‘पौषे औँसी’ पुस २६ गते परेको छ। माघ शुक्ल प्रतिपदामा मनाइने सोनम ल्होसार माघ २७ गते परेको छ।

    पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत आरम्भ गर्ने पूर्णिमा माघ ११ गते परेको छ। वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी फागुन २ गते छ। स्वस्थानी व्रत भने फागुन १२ गते समापन गरिनेछ। पाल्गुण शुक्ल पूर्णिमामा मनाइने फागुपूर्णिमा चैत ११ गते मनाइने छ। ११ गते ९ घटी ३८ पलासम्म चतुर्दशी रही पूर्णिमा तिथि लाग्ने उल्लेख छ। तराई–मधेश क्षेत्रमा १२ गते होली मनाइने छ। पहाडी क्षेत्रमा पूर्णिमामा र तराई क्षेत्रमा प्रतिपदामा ​फागु वा होली मनाउने प्रचलन छ।

    काठमाडौं उपत्यकाको विशेष पर्व घोडेजात्रा चैत २६ गते परेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.