सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ६ हजार ९ सय कायम
न्युजभित्तो/१२ माघ २०७९, बिहीबार १२:०५
काठमाडौं, १२ माघ । आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । मंगलबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।