सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरू भयो लोडसेडिङ,औद्योगिक क्षेत्रमा दिनकै ९ घण्टा विद्युत कटौती


  •    न्युजभित्तो/२७ पुष २०७९, बुधबार १०:५१ 
  • काठमाडौं,२६ पुस । नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरूले गुनासो गरेका छन् । भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती कटौती गरेको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती भएको स्वीकार गरेका छन् । उनले अहिले उद्योगहरूमा मात्रै विद्युत कटौती गरिएको र साना उद्योहरूको कटौती नगरेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले उद्योगले केही सुधार आएको अवस्थामा लोडसेडिङ गरेर समस्यामा परेको गुनासो गरेका छन्। हाल भारतबाट आयात हुने १०० मेगावाटभन्दा बढी विद्युत कटौती भएका कारण पिक आवरमा कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ । आन्तरिक उत्पादनले नपुगेका कारण करिब २५ प्रतिशत आयात गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.