मलेसियाबाट १३ नेपालीको उद्धार, ६ जनालाई भोलि र ७ जनालाई २९ गते स्वदेश फर्काइने
न्युजभित्तो/२५ पुष २०७९, सोमबार १२:३३
काठमाडौँ,२५ पुस । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ। उद्धार भएकामध्ये ६ जना भोली (मंगलबार) स्वदेश फर्काइने भएको हो । दूतावासको पहलमा बाँकी ७ जनालाई भने १३ जनवरी (पुस २९) गते नेपाल फर्काइने छ।
नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि आज (सोमबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका उनीहरुकोअवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको हो। त्यस्तै बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्।