पाँचदेखि १० प्रतिशतले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि
न्युजभित्तो/३ पुष २०७९, आईतवार १२:४७
काठमाडौँ,३ पुस । पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको छ । वार्षिक ८० करोड व्ययभार थपिने गरि ट्यांकरको ढुवानी भाडा वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको थियो । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।