सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घट्यो!


  •    न्युजभित्तो/१ पुष २०७९, शुक्रबार १६:२२ 
  • काठमाडौं । चालू आर्थिक वर्ष सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । गत आर्थिक वर्ष (२०७८/७९) को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो । तर चालू आर्थिक वर्षको मंसिरसम्म सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँमात्र राजस्व आम्दानी गरेको छ । यो कर र गैरकर आम्दानी हो । सरकारको आम्दानी लक्ष्यको तुलनामा २३.३ प्रतिशत हो । यो वर्ष सरकारले १४ खर्ब ३ अर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सरकारले झण्डै एक वर्ष विभिन्न खालका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा राज्यको आम्दानी गुमेको सरकारका अर्थमन्त्री आफैंले स्वीकार्दै आएका छन् । पाँच महिनामा सरकारको खर्च भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ भएको छ । गत वर्षको यसै अवधिको तुलनामा सरकारको खर्च भने ४८ अर्ब १७ करोड रुपैयाँ बढी भएको छ । यसवर्ष तीनै तहको चुनावका कारण पनि खर्च बढी देखिएको विज्ञहरुले बताएका छन् । सरकारले चालू आर्थिक वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यको २४.२६ प्रतिशत खर्च ५ महिनामा भएको छ । सरकारले खर्च गर्न नसकेर मध्यावधि समीक्षामार्फत बजेट खर्चको सिलिङ घटाउँदै आएको छ । यसपटकको मध्यावधि समीक्षामा पनि नयाँ सरकार गठन हुने भएकाले बजेटमा केही हेरफेर हुन सक्ने देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.