सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेघौली विमानस्थलको एप्रोच लाइनमा बन्दै गरेको भवन निर्माण रोक्न निर्देशन


  •    न्युजभित्तो/२८ मंसिर २०७९, बुधबार १६:४१ 
  •  चितवन,२८ मंसिर। चितवनको वैकल्पिक विमानस्थलको रुपमा रहेको मेघौली विमानस्थलको एप्रोच लाइन नजिकै बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोक्न भरतपुर विमानस्थलले निर्देशन दिएको छ ।

    विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डेयन प्राधिकरणको अनुमतिविना भवन बनाएकाले रोक लगाइएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले बताए ।

    विमानस्थलको सिमानाबाट जम्मा ७ सय मिटर नजिकै ६ तले भवन बनाउने काम जारी थियो । अहिले चार तला बनिसकेको छ । ‘हामीलाई भवन बनाएको जानकारी नै थिएन, उहाँहरुले हामीसँग अनुमति लिनुभएको पनि छैन’ भरतपुर विमानस्थलका प्रमुख विकले भने, ‘प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा रिपोर्ट नदिइन्जेल भवनको काम रोक्न भनेका छौं ।’ एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको विमानस्थल प्रमुख विकले बताए ।

    भरतपुर महानगरपालिका वडा नं. २७ मा बन्दै गरेको प्रज्ञा एकेडेमीले वडाबाट कुनै कागजात र सिफारिससमेत नलिएको वडाध्यक्ष रामबहादुर भण्डारीले बताए ।

    विमानस्थलमा विमान अवतरण गर्ने लाइनमा नै अग्लो भवन बन्दै गरेको जानकारी भएपछि दुवै पक्षका बीचमा छलफल गराइएको वडाध्यक्ष भण्डारीले बताए ।

    गैंडाकोटको अक्सफोर्ड कलेजका प्रमुख सञ्चालक हरि भण्डारीको समूहले भवन बनाउँदै गरेको हो । मेघौलीका तीनवटा निजी विद्यालयहरु तारामाउन्ट, ब्राइट फ्यूचर र अलमाइटीलाई मर्ज गराएर भण्डारीले प्रज्ञा एकेडेमी नाम दिएर विद्यालय सञ्चालन गरेका हुन् । झण्डै ४० करोड लगानीमा भवन बनाउन लागेको स्रोतको भनाइ छ ।

    भण्डारीले नयाँ भवन नबनुञ्जेल साविक तारामाउन्ट विद्यालयमा प्रज्ञा एकेडेमीको नामबाट विद्यार्थी पढाउँदै आएका छन् । भण्डारीले प्राविधिक धारबाट पढाउने भन्दै साना विद्यालय मर्ज गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.