सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा बाल मृत्युदर घट्यो, पुड्कोपनमा सुधार


  •    न्युजभित्तो/२१ मंसिर २०७९, बुधबार १०:५२ 
  • काठमाडौं,२१ मंसिर।  नेपालमा पाँच वर्षको अविधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो ।

    सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रतिएक हजारमा ३९ जना बालमृत्युदर रहेको थियो । नेपालमा सन् २०११ मा प्रतिएक हजारमा ५४ जना, सन् २००६ मा ६१ जना, सन् २००१ मा ९१ जना र सन् १९९६ मा ११८ जना बाल मृत्युदर रहेको थियो ।

    पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै

    यस्तै सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको पाँच महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो । सन् २०११ को सर्वेक्षणमा ७० प्रतिशत, सन् २००६ को सर्वेक्षणमा ५३ प्रतिशत, सन् २००१ को सर्वेक्षणमा ६८ प्रतिशत र सन् १९९६ को सर्वेक्षणमा ७५ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका थिए तर अहिलेको सर्वेक्षणमा विगतभन्दा १० प्रतिशतले महिलाले कम स्तनपान गराएको पाइएको छ ।

    पुड्कोपनमा सुधार

    यस्तै नेपालमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकामा हुने पुड्कोपनमा ११ प्रतिशले कमी आएको छ । सर्वेक्षणअनुसार पुड्कोपना बालबालिकामा हुने झरेर २५ प्रतिशतमा आएको छ । जबकी पाँच वर्षअघि (सन् २०१६) को यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको उल्लेख गरेको छ ।

    विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् २०११ मा ४१ प्रतिशत सन् २००६ मा ४९ प्रतिशत, सन् २००१ र १९९६ मा समान ५७/५७ प्रतिशत रहेको छ । नेपालमा गरिएको सर्वेक्षणमा बालबालिका हुने पुड्कोपनमा क्रमशः घट्दै गएको देखिन्छ । सबैभन्दा धेरै पुड्का बालबालिका कर्णाली प्रदेशमा रहेका छन् । कर्णालीमा अझै पनि ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । पाँच वर्षअघि कर्णालीका ५४.५ प्रतिशतमा पुड्कोपन रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.