सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो, एमाले दोस्रो


  •    न्युजभित्तो/१९ मंसिर २०७९, सोमबार ११:५७ 
  • काठमाडौं, १९ मंसिर।  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ । नेकपा (माओवादी केन्द्र) ले १८ क्षेत्रमा जित हासिल गरेर तेस्रो पार्टी बन्दा नेकपा (एकीकृत समाजवादी)ले भने १० सिट जितेर चौथो दल बनेको छ । यद्यपी समानुपातिकतर्फको मतगणना नसकिएकाले पार्टीको बरियता अहिलेको भन्दा केहि तलमाथि हुनेछ ।

    यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक निर्वाचन क्षेत्रमा जित हासिल गर्दा स्वतन्त्र ५ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।

    ७ वटै प्रदेशका ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा (एमाले) ले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ ।

    नेकपा (माओवादी केन्द्र)ले भने ५३ स्थानमा मात्रै जित हासिल गरेर तेस्रो बनेको छ । नेकपा (एकीकृत समाजवादी)ले भने १५ वटा निर्वाचन क्षेत्रमा मात्रै जित हासिल गरेको छ । यस्तै जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.