सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थको मूल्य नघट्ने


  •    न्युजभित्तो/१७ मंसिर २०७९, शनिबार १६:०५ 
  • काठमाडौं, १७ मङ्सिर। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । यही मङ्सिर १५ गते इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि तत्काल पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना नरहेको बताउनुभयो । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा २.३८ रुपियाँ, डिजेलमा ११ रुपियाँ, मट्टितेलमा ८० पैसा र हवाई इन्धनमा ७ रुपियाँ घटेर आएको उपाध्यायले बताउनुभयो । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर २४४ रुपियाँ बढेर आएको छ ।

    प्रवक्ता उपाध्यायका अनुसार निगमलाई ५८ करोड रुपियाँ नाफा भएको छ । तर, निगमले इन्डियन आयल कर्पोरेसनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपियाँ तिर्न बाँकी रहेको उहाँको भनाइ छ ।

    प्रवक्ता उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा निगम सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.