सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लाबाट १२ र चितवनबाट १ घण्टामा काठमाडौं आउने वातारण बन्ने छ: अर्थमन्त्री शर्मा


  •    न्युजभित्तो/१५ मंसिर २०७९, बिहीबार १६:२८ 
  • काठमाडौं, १५ मंसिर।  अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नभएको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्र नबुझेकाहरुले मात्र मुलुकको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा केही दबाव र चुनौती रहेको तर संकटमा छ भन्न नमिल्ने बताउनुभयो। ‘उहाँले भन्नुभएको छ ‘अर्थतन्त्रमा प्रायः सूचकहरु सकारात्मक छन् भने कहाँ छ संकट, अर्थविद्, व्यवसायी र राजनीतिक व्यक्तित्वहरुले यहाँ चुनौती छ भनौं तर संकट छ भनेर नभन्न अग्रह छ ।

    अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्न आवश्यक कदम चाल्न सरकार र राष्ट्र बैंक खुला छलफल गर्न तयार रहेको छ’ अर्थमन्त्री शर्माले पूर्वाधारमा लगानी बढाउन सक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने बताउनुभयो । मन्त्री शर्माले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको पनि बताए । ‘राजश्व संकलनमा कमी भएको छ । प्रशासनिक र खुला सीमाना व्यवस्थित गर्ने विषयमा केन्द्रित छ । अहिले बजारमा माग घटेका कुराहरु छन् । कामको गति घटेको कारण माग घटेको हो । अब विकास निर्माणका कामलाई तिब्रता दिएसँगै माग सिर्जना हुन्छ’ उहाँले भन्नुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.