आज काठमाडौंमा वर्षकै धेरै चिसो, सावधानी अपनाउन आग्रह
न्युजभित्तो/१५ मंसिर २०७९, बिहीबार १२:२०
काठमाडौं, १५ मंसिर। काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढी चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हिजोको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो ।
तराई भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।