कोही पनि विदेश जान नपरोस् भन्ने मेरो चाहना छ : प्रधानमन्त्री देउवा
न्युजभित्तो/२६ कार्तिक २०७९, शनिबार १७:४८
चितवन, २६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले देशलाई धनी बनाउन गठबन्धनले जित्नु पर्ने बताउनुभयो । लोकतान्त्रीक–बाम गठवन्धन चितवनले आज भरतपुरको गेष्टहाउस चौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यो राष्ट्रलाई स्थायी शान्ति स्थापित गर्न र स्रोतको विकास गरेर देशलाई धनी वनाउन गठवन्धनले जित्नुपर्ने बताउनु भएको हो ।
देशमा राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्ने भन्दै देउवाले आफ्नै देशमा उद्योग खोलेर जलश्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नेपाल भित्रै रोजगारको सिर्जना गरी कोहि पनि बिदेश जानु नपरोस् भन्ने चाहन मेरो छ ।”
ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थापित गर्न र संघीय शासन व्यवस्था, समाबेशी शासन व्यवस्था, हिमाल, पहाड मधेस, मेची महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको देउवाको भनाई छ । गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दावी गर्दै उहाँले भन्नुभयो “गठवन्धनको एकता भएर अघि बढ्यो भने नेपाल राष्ट्र सच्चा मानेमा समाबेशी, समानुपातीक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बिश्वास लिएको छु ।”
अहिलेको संबिधानमा संसद बिगठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उहाँले भन्नुभयो “अहिलेको संबिधानमा मनपरि तरिकाले संसद बिगठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।” तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई आफ्नो खेलाउन जस्तो गरेर दुई पटक संसद विघटन गरेको उहाँको आरोप थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायमै रहने बताउनुभयो । निकै दुःख गरेर गठबन्धन बनाइएकोले प्रतिगमनको खतरा नटरेसम्म कायमै रहने उहाँको भनाई छ । संविधानको रक्षा, गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको भन्दै दाहालले प्रतिगमनको खतरा कम बन्दै गएको बताउनुभयो । उहाँले मंसिर ४ गते प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने पराजित बताउनुभयो ।
उहाँले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको दावी गर्नुभयो । यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई आग्रह गर्नुभयो । चितवनबासीले २०७४ सालमा आफूलाई विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उनको दावी थियो । निर्वाचन लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको उहाँको भनाई छ ।