भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा अब के हुन्छ ?
न्युजभित्तो/३१ आश्विन २०७९, सोमबार ११:०५
काठमाडौँ, असोज ३१। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राख्ने जनाएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाइ इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको हो।
डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमले जनाएको छ।आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। यसअघि तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा पूर्ति भइनसकेको भन्दै मूल्य घटाएको थिएन।