सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या दोब्बर


  •    न्युजभित्तो/२५ आश्विन २०७९, मंगलवार ११:४९ 
  • काठमाडौँ, असोज २५। श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ ।

    विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका थिए ।

    यो वर्षको साउन महिनामा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानका लागि १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम गन्तव्य देश र श्रमिक पठाउने देशमा कोरोनाको प्रभाव कम भएकाले वैदेशिक रोजगारी कोरोना सामान्य हुनेबित्तिकै गन्तव्य देशमा माग बढेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको बताउनुुभयो ।

    दोब्बरले बढे दक्ष श्रमिक

    भदौमा श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै दक्ष श्रमिक छन् । अघिल्ला वर्षहरूमा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको बाहुल्य रहँदै आएकामा यो आर्थिक वर्षदेखि भने यो तथ्याङ्क फेरिन थालेको छ । भदौ महिनामा ४६ हजार ६९ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकको सङ्ख्या २५ हजार ८३ जना छ । अर्धदक्ष श्रमिकको सङ्ख्या छ हजार ९२ छ भने १४६ जना व्यावसायिक र १३ जना उच्च सीप भएका रहेको विभागले जनाएको छ । गत साउनमा पनि श्रम स्वीकृति लिनेमा दक्ष श्रमिककै सङ्ख्या सबैभन्दा बढी थियो । साउनमा ३८ हजार ७७ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिँदा अदक्ष श्रमिकको सङ्ख्या २० हजार ६७२ थियो ।

    प्रमुख श्रम गन्तव्य मलेसिया

    समीक्षा अवधिमा नेपाली श्रमिकको प्रमुुख श्रम गन्तव्य देश मलेसिया बनेको छ । विभागका अनुसार साउन र भदौमा एक लाख ३९ हजार ४४२ जनाले श्रम स्वीकृति लिएकामा ५८ हजार जनाले मलेसियाका लागि मात्रै लिएका छन् । जुन सङ्ख्या करिब ४२ प्रतिशत हो । साउनमा ६३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएकामा २५ हजार जनाले भदौ महिना ७६ हजार ४०३ जना र भदौ महिनामा ३३ हजार दुई जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागअन्तर्गतको काठमाडौँ वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण मलेसियातर्फ बढेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
    लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
    • सुनचाँदीको मूल्य आज पनि घट्यो
    • सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    • नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    • नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.