सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाद्य कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटायो


  •    न्युजभित्तो/५ आश्विन २०७९, बुधबार ११:३७ 
  • काठमाण्डाै,५ आश्विन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगाे भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो ।

    कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको छ । अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइने उहाँले बताउनुभयो । बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ ।

    पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर प्रतिलिटर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो । असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो ।

    जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । तर, यो बजार भाउ भन्दा १० रुपैयाँले महँगो थियो । त्यस्तै, मुसुरोको दालको मूल्य घटाएर किलोको १ सय ४५ रुपैयाँ तोकिएको छ । खाद्य कम्पनीले दाल, चामल, चिउरा, कर्णालीको सिमी, तेललगायत २४ प्रकारका खाद्यवस्तुमा प्रतिकेजी र प्रतिलिटरमा सात रुपैयाँदेखि १० रुपैयाँसम्म छुुट दिएको छ ।

    खाद्य कम्पनीले काठमाण्डौ उपत्यकाकासहित देशका विभिन्न ४५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । काठमाण्डौ उपत्यका, पोखरा र सुर्खेतका बासिन्दाले अनलाइनमार्फत नै साम्रगी अर्डर गर्न सक्नेछन् । गएको १ गतेदेखि खुलेको सहुलियत पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धानमा गवाँरोे र मकैमा फौजीकिरा
    अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
    • सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
    • सार्क विकास प्रतिवेदनमा साझा सहमति
    • पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
    • चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.