काठमाडौँ,२ आश्विन। वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति समेत रहेका उनको ७७ वर्षको उमेरमा आइतबार बिहन साढे ५ बजे ललितपुरको ग्वार्खोस्थित बिएन्डबी अस्पतालमा निधन भएको हो ।कोभिड संक्रमणबाट निको भएपछि श्वासप्रश्वासमा समस्या आएर निमोनिया देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको थियो । गौतमको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखी थप उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विक्रम संवत् २००२ सालमा काठमाडौंमा जन्मनु भएका गौतम सम्पादक समाज नेपालको पूर्वअध्यक्ष थिए । पाँच दशक लामो सक्रिय पत्रकारिताका क्रममा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनको सम्पादन र प्रकाशन भएका झन्डै एकदर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो । २०४२ सालको बम काण्डको बेला रामराजाप्रसाद सिंहको भाषण छापेको निहुँमा ६ महिना जेल जीवन बिताएका गौतमले सोही क्रममा ’अनुसन्धानभित्रको अनुसन्धान’ नामक पुस्तकसमेत लेखेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
पछिल्लो समय नयाँ करेन्ट साप्ताहिकका सम्पादक/प्रकाशकका रूपमा कार्यरत गौतमलाई २०६९ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो भने नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।
स्वर्गीय गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।