सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नाबालिग बलात्कार किन बढ्दै छ ?


  •    न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार १५:५८ 
  • काठमाडौं,भदौ ३०। नेपालमा बलात्कारका घटना दिन–प्रतिदिन बढ्दै गइरहेको छ । परिवारको साथ र सक्षमले बलात्कृतपश्चात् उजुरी दिनेको संख्या पनि उत्तिकै मात्रामा बढ्दै गइरहेको छ । झन् नाबालिगतर्फ बलात्कारीले आँखा लगाइरहँदा यो समाजको संस्कार कता ढल्कँदै छ भनेर औंला उठाउनुपर्ने अवस्था आएको छ । हुन त एकपछि अर्को गर्दै बलात्कारको पीडा खेप्दै बसेका महिलाहरू खुल्न थालिसकेका छन् । वर्षौंदेखि पीडा सहेर बस्न बाध्य भएकाहरू पीडालाई उजागर गर्दै बलात्कृतलाई कानुनी कठघरामा ल्याउन पीडित सक्रिय बनेका छन् ।

    नेपाली सिने जगत्का चर्चित सेलिब्रटी पल शाहविरुद्ध नाबालिग बलात्कारको घटना पीडित किशोरीले दर्ता गराउँदा नेपाली सिने जगत्मै सन्नाटा छाएको थियो । उक्त घटनाको एक अदालतबाट भने फैसला आइसकेको छ । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका थिए, जसमा बलात्कार नभएको पुष्टि गर्दै बालयौन दुरुपयोगको अभियोग भने लागेको थियो । बलात्कारको मुद्दाबाट सफाइ पाए पनि पल शाह बालयौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजायसमेत हुने फैसलामा उल्लेख गरिएको छ । पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत अदालतले गरेको छ । जुन मुद्दाको झन्डै आधी वर्षपछि फैसला आएको थियो भने अर्को अदालतबाट फैसला ।

    सोही सिने जगत्का सेलिब्रेटीको मुद्दाको फैसलासँगसँगै नेपाली खेलकुद जगत्का चर्चित सेलिब्रेटी खेलाडीविरुद्ध बलात्कारको उजुरी परेको छ । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । गौशाला पुगेकी पीडितले आफूलाई सन्दीप लामिछानेले दुई पटक बलात्कार गरेको १७ वर्षीय पीडितको आरोप उजुरीमा छ । दुवै जना घुम्नका लागि भक्तपुर गएका र फर्किएर आउँदा मध्यराति भइसकेको हुँदा पीडितले सन्दीपलाई राति ८ बजेपछि आफू बस्ने होस्टल बन्द भइसक्ने भनी बताएकी थिइन् । तर, सन्दीपले विभिन्न बहाना बनाउँदै फर्किन ढिला गरेर पिंगलास्थानस्थित एक होटलमा लगी राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । यस घटनाको पुष्टि कुन रूपमा हुन्छ त्यो हेर्न बाँकी छ । तर, सामाजिक सञ्जालमा पक्ष र विपक्षका तर्कवितर्क हुन थालेको छ । तर, सन्दीप भने यति बेला नेपालमा नभई विदेशी भूमिमा खेल खेल्न गएका छन् ।

    पछिल्लो समयमा नेपालमा बलात्कारका घटना निकै बढ्दै गएका छन् । नियमितजस्तो यस्ता घटनाहरू सञ्चारमाध्यममा देखिने गरेका छन् । बलात्कारका घटना बढिरहनु भनेको हामी महिला यो समाजमा अझै पनि सुरक्षित नरहनुको उदाहरण हो । नेपालमा बलात्कार भएका घटनाका प्रकृति हेर्दा यौनपिपासुहरूले कुनै उमेरसमूहलाई छोडेका छैनन् । ती अपराधी मनस्थिति बोकेका व्यक्तिहरूले आफ्नै छोरीचेलीको अस्तित्वमा रजाइँ गर्नसमेत पछि परेका छैनन् । नाबालिगमाथि गिद्धे नजर लगाउने तथा जबरजस्ती यौनशोषण गरी पुरुषार्थ देखाउने यो समाजका पुरुषको सोचाइ, विचारमा कहिले परिवर्तन आउँछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धानमा गवाँरोे र मकैमा फौजीकिरा
    अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
    • सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
    • सार्क विकास प्रतिवेदनमा साझा सहमति
    • पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
    • चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.