सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो


  •    न्युजभित्तो/२९ भाद्र २०७९, बुधबार १६:०३ 
  • काठमाडौं,२९ भाद्र। राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । ती विधेयकलाई विधायन समितिमा पठाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

    बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए । सो विधेयक प्रतिनिधिसभामा उत्पति भई उक्त सभाबाट पारित भएर सन्देशसहित राष्ट्रियसभामा आएको थियो ।

    राष्ट्रियसभाको यही भदौ २१ को बैठकले सो विधेयकलाई दफावार छलफल गरी प्रतिवेदन पेस गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिको यही भदौ २४, २६, २७ र २८ गते बसेको बैठकमा विधेयकमाथि छलफल भएको सभापति डा भुसालले जानकारी गराए।

    समितिले कृषि तथा पशुपक्षी विकासमन्त्री, मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका पदाधिकारी लगायतसँग विधेयकका सम्बन्धमा छलफल गरेको थियो । विधेयकका विभिन्न दफामा समूहगत र व्यक्तिगत गरी कूल २६ सांसदले ८६ बुँदामा संशोधन प्रस्ताव राखे।

    बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७९’, ‘तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक, २०७९’, ‘स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’, ‘प्रत्ययन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’, ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र ‘योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाए ।

    सङ्घीय संसद्का दुवै सदनबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले विभिन्न मितिमा प्रमाणीकरण गरेकी थिइन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते अपराह्न २:५९ बजे बस्नेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धानमा गवाँरोे र मकैमा फौजीकिरा
    अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
    • सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
    • सार्क विकास प्रतिवेदनमा साझा सहमति
    • पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
    • चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.