नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला
न्युजभित्तो/२६ भाद्र २०७९, आईतवार १३:५४
काठमाण्डाै,२६ भाद्र। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।
नेविसङ्घले आज (आइतबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो ।राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसङ्घ कार्यकर्ताले पनि ढुङ्गा प्रहार गरेका थिए ।नेविसङ्घले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घण्टाघर आसपासको क्षेत्रमा केहीबेर गाडीको आवागमन रोकिएको थियो ।