कप्तान सन्दीपलाई निलम्बनको तयारी,क्रिकेट संघले गर्दैछ निर्णय
न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार १३:३३
काठमाडौं,भदौ २२। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको बताए ।
“आज साँझ वा भोलि बिहानसम्म सन्दीपको विषयमा हामीले निर्णय गर्नेछौँ,” क्यानका ती पदाधिकारीले भने, “सन्दीपमाथि लागेको यो आरोपले नेपाली क्रिकेटलाई ठूलो क्षति पुगेको छ । क्यानले पनि यस विषयलाई गम्भीर रूपमा हेरेको छ ।”सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।