सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पती


  •    न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार ११:५९ 
  • तेह्रथुम, भदौ २२ । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका(६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछी आम्दानी गतिलो स्रोत बनेको छ ।

    युवाहरू रोजगारको खोजीमा विभिन्न पुग्ने गरेका छन्, तर बस्नेत दम्पतीले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहण बनेको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुगे । जाँदा भएको खर्चसम्म तिर्न नसकेपछि श्रीमतीले घर फर्काएकी हुन् । गाउँ फर्केपछि ३० लाख लगानीमा च्याउ खेती सुरु गरेका चुइन्द्र यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तीन वर्षअघि बिष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । ६ वटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि तीन सय किलो च्याउ उत्पादन गर्दै आएका छन् ।

    गाउँमै च्याउखेती सुरु गरेका चुइन्द्र उनी मात्रै व्यवसायी बनेका छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेका छन् । ‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौ‌तारि रहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट खुसी छौं,’ चुइन्द्रले भने ।

    उनकी श्रीमती टीका पनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने, फर्मको हेरचाहमै उनको दिन बित्छ । ‘गाउँमै हामीले खेती सुरु गरेका छौं, तर स्थानीय सरकारले हामीलाई अहिलेसम्म देखेन । पानी र विद्युतको एकदमै समस्या छ । पानी मात्रै एक सिजनमा एक लाखको ढुवानीमा तिर्ने परेको छ । पहिलोको सरकारले नहेरे पनी अहिले आएको सरकारले हेर्छकी भन्ने आशा छ,’ टीकाले भनिन् ।

    च्याउ बिक्रीबाट मात्रै एक सिजनमा १२ लाखसम्म आम्दानी लिँदै आएका छन् बस्नेत दम्पतीले । कोसी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम,स्थानीय बजार र तेह्रथुमको बसन्तपुर शुक्रबारेलगायतका बजारमै खपत हुँदै आएको छ । च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुक्खाले बढायो डढेलो र प्रदूषण
    कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
    • अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
    • देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल
    • धानमा गवाँरोे र मकैमा फौजीकिरा
    • अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.