सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट कप्तान लामिछानेमाथि बलात्कारको आरापे लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरियो, थप अनुसन्धान हुँदै


  •    न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार ११:५४ 
  • काठमाडौं, भदौ २२। जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ ।एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरेको हो ।

    ‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।

    भदौ ६ गते रात अन्दाजी १२ः २५ बजेसम्म पटक पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् ।

    अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुक्खाले बढायो डढेलो र प्रदूषण
    कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
    • अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
    • देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल
    • धानमा गवाँरोे र मकैमा फौजीकिरा
    • अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.