सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कहिले विस्तार हुन्छ नारायणगढ-हेटौडा सडक ? यस्तो छ सडक विभागको तयारी


  •    न्युजभित्तो/१७ भाद्र २०७९, शुक्रबार १०:३७ 
  • काठमाडौं,भदौ १७। पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड ४ लेनको सुरक्षित सडकमा विस्तार गर्ने योजना निर्धारित समयमै सम्पन्न नहुने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४ वर्षमा राजमार्ग विस्तार गरिसक्ने कार्ययोजना आर्थिक वर्ष (आव) २०७६/७७ मै ल्याए पनि त्यसअनुसार काम हुन नसक्दा समय लम्बिने देखिएको हो ।१ हजार २८ किलोमीटर (किमी) लामो यो राजमार्ग विस्तार गर्ने योजना सोही वर्षको नीति तथा कार्यक्रम र बजेटमा थियो । कर्णालीबाहेक बाँकी ६ प्रदेशका २१ जिल्ला छोएको राजमार्गको अहिले जम्मा दुईओटा खण्डमा मात्रै काम शुरू भएको छ । बाँकीको चालू र आगामी आवमा ठेक्का लाग्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । अहिलेसम्म २०० किमीमा काम शुरू भएको छ ।

    काम अघि बढाइएका खण्डमा ११३ किमीको बुटवल–नारायणगढ र ८७ किमीको कमला–कञ्चनपुर छन् । बाँकी ८२८ किमीमा काम शुरू हुन सकेको छैन । बाँकीको ठेक्का चालू आव २०७९/८० मै लगाउने प्रक्रियामा सडक विभाग छ । महानिर्देशक थापाले पथलैया–ढल्केवर–कमला खण्डको ठेक्का यो वर्ष र पथलैया–हेटौंडा–नारायणगढ खण्डको ठेक्का आगामी वर्ष लाग्ने गरी तयारी गरिएको जानकारी दिए ।

    मन्त्रालयको कार्यान्वयन कार्ययोजनाअनुसार चालू आवमा यो राजमार्ग विस्तारको काम सम्पन्न हुनुपर्ने थियो । तर, प्रमुख ४ कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको थापा बताउँछन् ।

    ‘राजमार्गको रेखांकनमा पर्ने विद्युत् पोल सार्न तथा वनबाट रूख काट्ने अनुमतिमा ढिलाइ, कोरोना महामारीको असर र कतिपय अवस्थामा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम गर्न सहज भएन,’ थापाले भने, ‘अब बाँकी समयमा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी ठेक्का तथा अन्य काम तीव्र रूपमा शुरू गर्नेछौं ।’

    मन्त्रालयका एक उच्च अधिकारीले भने यो राजमार्ग ४ लेनमा स्तरोन्नति भइसक्न अझै ७/८ वर्ष लाग्ने बताए । तीनओटा राष्ट्रिय निकुञ्जमा सडक पर्ने, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), लगानीजस्ता विषयले काम गर्न अझै बाँकी हुँदा राजमार्गको विस्तार गरिसक्न उक्त समय लाग्ने उनले बताए । राजमार्गलाई ४ विभिन्न र शहरी तथा बस्ती बाक्लो भएका ठाउँमा ६ लेनमा विस्तार गर्ने लक्ष्यअनुसार काम अघि बढेको छ ।

    काँकडभिट्टा–लौकही, कमला–कञ्चनपुर, पथलैया–हेटौंडा–नारायणगढ खण्डमा एडीबीले सडक स्तरोन्नतिका लागि ऋण लगानी गर्नेछ । यस्तै विश्व बैंकले कमला–ढल्केवर–पथलैया विस्तारका लागि ऋण दिनेछ । अहिले यी खण्डमा डिजाइन भई, खरीद प्रक्रिया, डीपीआर र वातावरण अध्ययनको काम भइरहेको विभागको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुक्खाले बढायो डढेलो र प्रदूषण
    कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
    • अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
    • देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल
    • धानमा गवाँरोे र मकैमा फौजीकिरा
    • अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.