बढ्दो आलोचना पछि ललितपुर महानगरअगाडिको पार्किङ शुल्क हटाइयो
न्युजभित्तो/१५ भाद्र २०७९, बुधबार १२:२२
काठमाडौँ, भदौ १५। आजबाट ललितपुर महानगरपालिकाले कार्यालय अगाडिको पार्किङमा राखिएको सवारी साधनको शुल्क नलिने भएको छ ।चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।
त्यस्तै आजबाट कुमारीपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। यसअघि ललितपुर महानगर अगाडिको सडकमा वडाले सवारी पार्किङ गरेवापत पैसा लिँदै आएको थियो।
त्यस्तै हाल महानगरले निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक(चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि ल्याएको छ ।