सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापारघाटा १० प्रतिशतले घट्यो


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार ११:५२ 
  • काठमाडौं,भदौं ८। चालू आर्थिक वर्ष (आव) को पहिलो महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी नीति, बैंकहरूमा तरलता अभाव, बढ्दो महँगीलगायतले आयात घटेको अनुमान गरिएको छ ।भन्सार विभागका अनुसार यसपालि साउनमा पोहोर साउनको तुलनामा आयात १३ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार २०७९ साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    पोहोर साउनको वस्तु आयात १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबर थियो । साउनमा निर्यात पनि २८ दशमलव ६८ प्रतिशतले घटेको छ । २०७८ साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको मात्र निर्यात भएको छ । आयात घटेपछि व्यापारघाटा पनि कम भएको छ । २०७९ साउनमा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बराबर व्यापारघाटा छ । पोहोर साउनको व्यापारघाटा १ खर्ब २९ अर्ब ९६ करोड थियो ।

    अत्यधिक आयातका कारण शोधनान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्न थालेपछि राष्ट्र बैंकले पोहोर पुसमा आयात निरुत्साहित गर्ने नीति लिएको थियो । सरकारले पनि गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, तयारी मदिरा, महँगा मोबाइल र टेलिभिजन, बच्चाका खेलौना, खेल्ने तास, कुरकुरे–लेजजस्ता खानेकुरा, बढी क्षमताका मोटरसाइकललगायत १० वस्तुको आयातमा रोक लगाएको छ । प्रतिबन्धको म्याद यही भदौ १४ गतेसम्म छ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै बैंकहरूले कर्जा लगानी बन्द गरेकाले पनि आयात प्रभावित भएको अनुमान गरिएको छ । सरकारले साउनमा वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.