सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस नेता प्रदिप गिरीको निधन, निधनप्रति कसले के भने ?


  •    न्युजभित्तो/५ भाद्र २०७९, आईतवार ०९:०४ 
  • काठमाण्डौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । हिजो साँझ उनको निधन भएको हो ।

    उहाँको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेता‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले गिरिको निधनले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्। राष्ट्रपतिको ट्वीटरमा उल्लेख छ‚ “समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिको निधनले मर्माहत भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व तथा समाजवादी चिन्तक गिरिको नेपाली राजनीतिमा सधैं अभाव हुने बताएका छन्। “नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ‚” दाहालले सामाजिक सञ्जालमा लेखेका छन्‚ “गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु।”

    पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरिको निधनले नयाँ समाजवादी धारको विकास लागेकाहरूलाई ठूलो क्षति पुगेको बताएका छन्। उनले ट्वीट गरेका छन्‚ “प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु। २०३४ सालदेखि ४५ वर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको थियो। नययाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठूलो क्षति पुगेको छ१ हार्दिक श्रद्धान्जलीरसमवेदना१”

    नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गिरिको अभाव सधै खट्किरहने बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्‚ “अलबिदा प्रदीप गिरि दाइ तपाईँको अभाव सधै खट्किरहने छ ।”

    पूर्व कानून मन्त्री नीलाम्बर आचार्यले गिरिको निधनले नेपाल दुःखित भएको बताउका छन्। ट्वीटमा लेखेका छन्‚ “धेरै दुःखित छु। सुविख्यात प्रजातन्त्रवादी चिन्तक एवं राजनीतिज्ञ प्रदीप गिरिको निधनले नेपाल दुःखित छ। मित्र प्रदीपजीमा हार्दिक श्रद्धाञ्जली ”

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङङले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्वको निधनले स्तब्ध तुल्याएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “हार्दिक श्रद्धाञ्जली, नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व आदरणीय नेता प्रदिप गिरिको दुःखद निधनले स्तब्ध तुल्याएको छ। श्रदेय नेता प्रदिप गिरिप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।”

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिको निधनसँग एउटा विश्वविद्यालय सदाका लागि बन्द भएको बताएका छन्। उनले ट्वीटरमा लेखका छन्‚ “एउटा विश्वविद्यालय‚ जो आजबाट सदाका लागि बन्द भयो, निस्काम कर्मयोगी हाम्रा महान् गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।”

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा सदा सम्झना भइरहने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “नेपाली कांग्रेसका नेता, चिन्तक, प्रखर वक्ता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको देहावसानको समाचारले स्तब्ध र दुःखी छु। नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा दिवंगत गिरिको सदा सम्झना भइरहनेछ।”

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्‚ “हार्दिक श्रद्धाञ्जली१ एक असल नेताको रुपमा स्व. प्रदीप गिरिको सम्झना सदैव भैरहने छ। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।”

    पत्रकार कनकमणि दीक्षितले गिरिबारे लेखिएको लेख शेयर गर्दै लेखेका छन्‚ “‘संघर्ष प्रदीप गिरिको स्थायी साथी जस्तो देखिन्छ। उहाँसँग ‘मृत्यु चिन्तन’ विषयमा छलफल गर्ने मन छ।’ हिजो मात्रै रघु पन्थले स्व. प्रदीप गिरीजीबारे सम्झेको बुझेको कुरा लेख्नु भएको थियो। श्रद्धाञ्जली।”

    पत्रकार किशोर नेपालले गिरिले आफ्नो अन्तिम संस्कार सिरहाको बस्तीपुरमा होस् भन्ने इच्छा गरेकाले त्यो इच्छा पूरा गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “प्रदीपदाइ चाहनु हुन्थ्यो उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा, बस्तीपुर, सिराहा स्थित आश्रमको शान्त परिवेशमा होस। उहाँको यो इच्छाको कदरगर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.