सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई छ : एमाले सचिव रायमाझी


  •    न्युजभित्तो/४ भाद्र २०७९, शनिबार १३:४३ 
  • चितवन, ४ भदौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई रहेको बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन विनासतर्फ गईरहेको बताउनु भएको हो ।

    सचिव रायमाझीले भन्नुभयो “गठबन्धन विनासतर्फ गईरहेको छ । हामी देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोज्दैछौं ।” यही कुरामा फरक परेका कारण एमालेसँग समाजवादी र माओवादीको सहकार्य र गठबन्धन हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “वैचारिक, राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेण्डा एमालेसँग छ । त्यो एजेण्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।”

    देशको राष्ट्रियता, संघीयता गणतन्त्र, संविधानको रक्षा गर्नका लागि एकता वा गठबन्धन हुनु पर्ने बताउँदै रायमाझीले भन्नुभयो “गठबन्धन हुनका लागि यसमा न्यूनतम सहमति हुनुपर्छ । लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले गर्दैन ।” विजयी मात्रै हुने उद्देश्यले एमालेले गठबन्धन नगर्ने उहाँले बताउनुभयो ।

    आफूलाई वामपन्थी भन्ने पार्टीहरु गलत बाटोमा हिडेको भन्दै उहाँले अगाडि थप्नुभयो “अबको निर्वाचनमा लोभीपापीहरुको गठनबन्धनले जित्ने हो भने देश २५÷३० वर्षसम्म पछाडि पर्ने स्थिति छ ।” अबको निर्वाचनमा एमालेले जितेन भने देशको समृद्धि र राष्ट्रियता गम्भीर संकटमा पर्ने बताउँदै उहाँले भन्नुभयो “जनतालाई ठीकसँग बुझाउन सकेनौं भने देशको समृद्धिमा ठूलो संकट आउने स्थिति छ । सबै नेपाली जनतालाई राम्रोसँग स्पष्टसँग बुझाउनु जरुरी छ ।”

    कांग्रेस बाहेकका दलहरु पटक पटक एमालेसँग आएर गठबन्धन गर्न ईच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो “लक्ष्य, उद्देश्य, विचार राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिसातर्फ अगाडि बढाउन सकिंदैन । त्यो विषयमा कुरा गर्दा उनीहरु पछाडि हट्नुहुन्छ ।” दलहरु स्वार्थ केन्द्रीत गठबन्धन गर्न एमालेसँग आउने गरेको बताउँदै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो ।

    आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रबृत्तिलाई के भन्ने ? भन्दै सचिव रायमाझीले यसको जवाफ अहिलेसम्म नआएको बताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने अनि गिराउने, दुनियामा यस्तो कहीं पाईदैन ।”

    गैरराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै उहाँले भन्नुभयो “एनिआउ गठबन्धन बचाउ, लुटेर खाऊ, अस्तित्व बचाउ यो भन्दा केही छैन । साथीहरु कांग्रेसको पुच्छेर हुन हिड्नुभएको छ ।”

    फरक प्रसंगमा उहाँले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर यो ठिक छैन भन्ने सन्देश दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपतिले विधेयक फिर्ता गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । जनतालाई सचेत गराउन सन्देश दिने कुरा हो ।”

    कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो । कार्यक्रम चौतारी जिल्ला अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.