सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन पटक लागत घट्दा पनि आयल निगमले घटाएन इन्धनको भाउ


  •    न्युजभित्तो/१ भाद्र २०७९, बुधबार १०:३२ 
  • काठमाडौं, भदौ १ । खरिद लागतमा उल्लेख्य गिरावट आउँदा पनि नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघटाउने भएको छ ।

    २० असार यता डिजेल र पेट्रोलमा मात्रै खरिद लागत एक लिटरमा ३४ रुपैयाँ घटेको छ । मंगलबार मात्र भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । लगातार तेस्रो पटक मूल्य घटेर आएपनि निगमले भने आईओसीलाई तिर्नुपर्ने वक्यौता र ऋण देखाएर उपभोक्ता मूल्य नघटाउने बताएको छ ।

    ‘निगमको आर्थिक भार उच्च भएका कारण तत्काल मूल्य घटाउने निर्णय गर्न सकिएन’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘निगम अझै भारतीय आयल कर्पोरेसन (आईओसी)को २३ अर्ब र सरकार तथा वाणिज्य बैंकको १० करोड गरी ३३ अर्ब रुपैयाँ आर्थिक भारमा छ ।’

    निगम गत वर्ष ५० अर्ब घाटामा जाँदा वित्तीय अवस्थामा समस्या रहेको भन्दै थानीले तत्काल मूल्य समायोजन हुन नसक्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.