सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१५ दिनको समयसीमा आज सकिँदै,राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुन्छ त ?


  •    न्युजभित्तो/२९ श्रावण २०७९, आईतवार ११:२३ 
  • काठमाडौं,साउन २९। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ कि संसदमै फिर्ता पठाउनुहुन्छ भन्ने चासो बढेको छ । संविधानले राष्ट्रपतिलाई संसदबाट पारित भएको कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसदमै फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर यस्तो निर्णय राष्ट्रपतिले १५ दिनभित्र लिइसक्नुपर्छ ।साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

    १५ दिनको समयसीमा आज सकिँदैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहले विधेयक फिर्ता पठाउन माग गरिरहेका छन् । यसबीचमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री, कानुनमन्त्री, महान्यायाधिवक्ता लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिसक्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले विज्ञहरुसँगको परामर्शपछि विधेयक प्रमाणीकरण गर्ने या संसदमा फिर्ता पठाउने भन्ने निर्णय गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ११३ को उपधारा ४ ले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने तर सच्याउनैपर्ने बाध्यता नहुने उल्लेख छ ।

    फिर्ता भएको विधेयक फेरि संसद् बैठकमा पेस गर्नुपर्ने र बैठकले संसदमै छलफल गरेर टुङ्ग्याउने वा संसदीय समितिमा पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ । यसअघि प्रतिनिधि सभामा भएको छलफलमा नागरिकता विधेयक अपुरो भएको र पर्याप्त छलफल नगरि पारित गर्न लागिएको भन्दै कतिपय सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.