नेपालमा पर्यटक भित्र्याउन युएईमा नेपाल भ्रमण साँझ, दर्जन बढी नेपाली कलाकार सहभागी हुने
न्युजभित्तो/२८ श्रावण २०७९, शनिबार १४:१५
युएई, २८ साउन । युनाईटेड अरब ईमिरेट (युएई) मा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने भएको छ । कार्यक्रम आगामी अगष्ट २१ मा युएईको दुबई स्थित वर्ल्ड ट्रेड सेन्टर स्थित शेख राशिद हलमा हुने भएको हो ।
कार्यक्रममा नेपालबाट महानायक राजेश हमालसहितको टोली सहभागी हुने आयोजक ड्रिम हाई नेपालले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा चर्चित नायिका केकि अधिकारी ,स्वस्तिमा खड्का, स्ट्याण्ड अप कमेडियन सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेन्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, मोडल अन्जली अधिकारी र नायिका तिरिया मगरको प्रस्तुति रहनेछ ।
नेपालमा विदेशी पर्यटक भित्राउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खाँडीमा कार्यरत एक जना नेपालीले दुई जना बिदेशी पर्यटन भित्राउने आयोजकको उद्देश्य छ । पर्यटन विकाससँगै नेपालका सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने योजना रहेको पनि आयोजकले जानकरी दिएको चाह ।
दर्शकहरुको सुविधाको लागि युएईको सातै राज्यबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइने कलाकार हरि डाँगीले बताए । कार्यक्रम ब्लु चिप ग्रुप अफ कम्पनीको सहकार्यमा हुन लागेको हो ।