सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गेडागुडी मिसाइएको क्वाँटी स्वास्थ्यको लागि फाइदाजनक


  •    न्युजभित्तो/२७ श्रावण २०७९, शुक्रबार ११:१२ 
  • काठमाडौं,साउन २७। जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषिलो खानेकुरा हो । टुसा उम्रेको डेगागुडीमा भिटामिन सी र रेसा हुन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन र पाचन प्रणाली राम्रो गराउन सहयोग पुग्छ ।

    पोषणविद् डाक्टर मनसा थापा कठुराठीका अनुसार क्वाँटीले मधुमेहका बिरामीको शरीरमा चिनीको मात्रा कम गर्छ र मुटुको रोग लाग्नबाट पनि बचाउँछ । यसले कब्जियत हटाउन, उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रण, शारीरिक र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    क्वाँटी खाँदा स्मरणशक्ति र सौन्दर्यता पनि बढ्ने जानकारहरु बताउँछन् । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेदका चिकित्सक डा.शेषराज आचार्य बताउनुहुन्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.