सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युतीय चुलो प्रबर्द्धन गर्नुपर्नेमा जोड


  •    न्युजभित्तो/२४ श्रावण २०७९, मंगलवार १६:२४ 
  • काठमाडौँ,साउन २४। विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा जिआइजेड/इन्डेभले मंगलवार आयोजना गरेको कार्यशालाका सहभागीले विद्युतीय चुलोको प्रयोगमा जोड दिनुपर्ने धारणा राखेका हुन् । उनीहरूले मुलुक विस्तारै विद्युतीय ऊर्जामा आत्मनिर्भर हुन गइरहेको सन्दर्भमा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

    कार्यशालामा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोप–वेजस्ता प्रविधिहरुको प्रवद्र्धन गर्न सकिएमा आयातीति इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताउँदैआम जनतादेखि नीतिनिर्माण गर्ने तहसम्म व्यवहार, प्रविधि र व्यवस्थापनमा नवीनता ल्याउन जरुरत रहेको उल्लेख गरे । 

    सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्य, वातावरणविद् भुषण तुलाधर र ऊर्जाविद् डा इन्दिरा शाक्यले पनि नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुको विकल्प नभएको तर्क गरे । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.