सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७५ करोड लागतमा छोटो दूरीको हेटौँडा–काठमाण्डौ सडक फराकिलो बनाइँदै


  •    न्युजभित्तो/२३ श्रावण २०७९, सोमबार १२:२१ 
  • मकवानपुर , साउन २३। मकवानपुरको हेटौँडाबाट छोटो दूरीको मार्ग भएर काठमाण्डौ जाने सडकको दुई खण्ड ७५ करोड रुपैयाँ लागतमा निर्माण हुने भएको छ ।वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत निर्माण गरिरहेको हो ।

    कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्डमा गरेर २० किलोमिटर सडक ७५ करोड लागतमा निर्माण हुँदै गरेको आयोजनाका इञ्जिनियर किरण रञ्जितले बताउनुभयो । आयोजनाले छुट्याएको मकवानपुर खण्डमा १२ दशमलव १५८ मिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निर्माणको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    मकवानपुर खण्डमा २०७८ साल फागुन २५ गते सम्झौता गरेर काम भइरहेको हो । मकवानपुर खण्डमा ४३ करोड ४१ लाख १६ हजार रुपैयाँ लागतमा रमन पीआर त्रिवेणी जेभी मूलपानी काठमाण्डौसँग सम्झौता गरेर काम सुरु गरिएको हो । यस सडक खण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इञ्जिनियर रञ्जितले बताउनुभयो । दुवै सडक खण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, १० मिटर फराकिलो निर्माण गर्ने, पिच गर्ने, वाल लगाउने लगायतका काम हुने उहाँले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.