सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीको मृत्यु


  •    न्युजभित्तो/१५ श्रावण २०७९, आईतवार १५:४६ 
  • काठमाडौँ,१५ श्रावण। वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो।

    मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ।

    दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन्।

    यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.